चलचित्र विकास बोर्डलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चलचित्र विकास बोर्डलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण


८ माघ २०८०, सोमबार


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले लण्डनको कार्यक्रमलाई लिएर चलचित्र विकास बोर्डलाई स्पष्टीकरण सोधेको छ ।

लण्डनमा आयोजना हुन लागेको कार्यक्रममा चलचित्र विकास बोर्डको सहभागिता रोक्न निर्देशनको माग गर्दै सदस्य केएल बुढाथोकीले मन्त्रालयमा उजुरी दिए ।

उक्त कार्यक्रममा बोर्ड अध्यक्ष भुवन केसी र अन्य पदाधिकारीको सहभागिता रोक्न उनले माग गरेका छन् । यो उजुरीउपर मन्त्रालयले विकास बोर्डलाई आइतबार पत्र लेख्दै यसबारे भएको के हो खुलाएर जवाफ दिन भनेको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले यसबारे स्पष्ट पारिदिनु भन्दै बोर्डलाई पत्र लेखेको र जवाफ अब बोर्डले दिनुपर्नेछ ।

बुढाथोकीले मन्त्रालयमा पेश गरेको पत्रमा कार्यक्रमको आयोजक संस्था इन्टरनेसनल डेल्फिक काउन्सिल नेपालको आर्थिक पारदर्शिता र उद्देश्यमाथि प्रश्न उठाएका छन् । उक्त संस्थाले ‘नेपाली चलचित्रको ६ दशक, चुनौतीहरू र अन्तर्राष्ट्रिय बजारको खोजी’ नामक कार्यक्रम लण्डनमा माघ ६ देखि ११ गतेसम्म गर्ने जनाइएको पत्रमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस