अयोध्यामा प्राण प्रतिष्ठा, जानकी मन्दिरमा दीप प्रज्वलन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अयोध्यामा प्राण प्रतिष्ठा, जानकी मन्दिरमा दीप प्रज्वलन


८ माघ २०८०, सोमबार


काठमाडौँ। भारतको अयोध्यामा नवनिर्मित भगवान राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा आज (सोमबार) बेलुका जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ ।

राम मन्दिरको प्राण प्रतिष्ठाका दिन एक लाख २५ हजार दीप बाल्नुको साथै विशेष आरती गरिने तयारी गरिएको छ । राम मन्दिरको उद्घाटनको दिन दुवै मुलुकका लागि विशेष भएकाले दीप बाल्न तथा उत्सवमा उपस्थित हुन सवैमा आग्रह गरिएको छ ।

अयोध्यामा नवनिर्मित भगवान राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर मधेश प्रदेशका अधिकांश मठमन्दिर रङ्गरोगन गरेर चिटिक्क बनाइएको छ भने जताततै राम अङ्कित झण्डा झुण्ड्याइएको छ ।

सयौँ वर्ष लामो प्रतीक्षापछि भगवान् रामको मन्दिर निर्माण भएको खुसीयालीमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ, सहिदनगर, औरहीलगायत मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानीय तहले सोमबारका लागि सार्वजनिक बिदा दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस