प्रधानमन्त्री कप : रिजन ढकालको उत्कृष्ट बलिङसँगै कर्णाली ७८ रनमा अल आउट « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री कप : रिजन ढकालको उत्कृष्ट बलिङसँगै कर्णाली ७८ रनमा अल आउट


८ माघ २०८०, सोमबार


काठमाडौँ । रिजन ढकालको उत्कृष्ट बलिङमा बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ७८ रनमा अल आउट गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णाली २४.२ ओभरमा ७८ रनमा अल आउट भयो ।

कर्णालीका विकेटकिपर अर्जुन घर्तीले १९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २३ रन बनाए । निश्चल रावल ४१ बलमा ३ चौकासहित १३ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओपनर रविन्द्र शाही ३, दीपेन्द्र रावत १, विपिन शाही ६, आदित्य शाह १ र हिमान्शु शाही ६ रनमा आउट भए । बागमतीका रिजन ढकालले ७ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए । कृर्जन गुरुङले २, प्रतिश जि. सी, सूर्य तामाङ र विपिन आचार्यले १–१ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस