पत्रकार सम्मेलनको तयारीमा रवि लामिछाने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पत्रकार सम्मेलनको तयारीमा रवि लामिछाने


८ माघ २०८०, सोमबार


काठमाडौँ । ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कको सेयर विवादमा फसेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पत्रकार सम्मेलनको तयारी गरेका छन् ।

प्रतिनिधि सभा सदस्य समेत रहेका लामिछानेले सोमबार (आज) साँझसम्म पत्रकार सम्मेलनमार्फत उठेका विषयमा जानकारी दिए तयारी थालेका हुन् । उनले सोमबार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिँदै पत्रकार सम्मेलन गर्ने संकेत गरेका हुन् । सेयर लिँदा सहकारीको रकम दुरुपयोग गरेको उनीमाथि आरोप छ ।

उनले लेखेका छन्,‘गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौँ है । मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु । मिडियामा निरन्तर आइरहेका ‘स्लिप’ मा कोही ‘स्लिप’ हुनैपर्दैन । बाँकी भ्याएसम्म आजै(सोमबार)साँझ प्रेस मिटको तयारी गर्दै छु । सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस् । त्यसैबाट सबै स्पष्ट पार्ने नै छु ।’

ग्यालेक्सी टेलिभिजन छाड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा भएको समाचार सार्वजनिक भएपछि लामिछाने चर्चामा छन् । लामिछानेले भने गोर्खा मिडियामा आफू स्वेट सेयर वा गुडविल सेयर लिएर गएको र कुनै आर्थिक कारोबार नगरेको बताउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस