थेम्बाको ह्याट्रिकमा नामेबियाविरुद्ध दक्षिण अफ्रिकाको सहज जीत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

थेम्बाको ह्याट्रिकमा नामेबियाविरुद्ध दक्षिण अफ्रिकाको सहज जीत


८ माघ २०८०, सोमबार


काठमाडौँ । अफ्रिका कप अफ नेशन्समा दक्षिण अफ्रिकाले पहिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा नामेबियामाथि ४-० को एकतर्फी जित निकालेको हो ।

दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले ह्याट्रिक गर्दा पेर्सी टाओले एक गोल थपेका थिए । १४ औं मिनेटमा पेर्सीले पेनाल्टीमा गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाए ।

२५ औं मिनेटमा थेम्बाले व्यक्तिगत पहिलो गोल गर्दै अग्रता दोब्बर बनाए । ४० औं मिनेटमा थेम्बाले दोस्रो गोल गर्दा दक्षिण अफ्रिका पहिलो हाफमा ३-० को सहज अवस्थामा पुगेको थियो ।

थेम्बाले ७५ औं मिनेटमा ह्याट्रिक पूरा गर्दा ४-० को सहज जित निकाल्न सफल भयो । समूह ईमा यो जितपछि दक्षिण अफ्रिका ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ । माली ४ अंकका साथ शीर्ष स्थानमा रहँदा नामेवियाको पनि ३ अंक रहेको छ । यसैगरी ट्युनेसियाको १ अंकमात्रै छ ।

समूह एफ अन्तर्गत आइतबारका दुवै खेल बराबरीमा टुंगिएका छन् । मोरक्को र कंगो तथा जाम्बिाय र तान्जेनियाले एक एक गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक थपेका हुन् ।

यो समूहमा मोरक्को ४ अंकका साथ शीर्ष स्थानमा छ भने कंगो र जाम्बिाय समान दुई दुई अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् । तान्जेनियाले भने एक अंक मात्रै लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस