वीरका बिरामीको खाना-खाजा र अक्सिजनको बजेट कटौती नगर्न सर्वोच्चको आदेश « प्रशासन
Logo २८ असार २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

वीरका बिरामीको खाना-खाजा र अक्सिजनको बजेट कटौती नगर्न सर्वोच्चको आदेश


७ माघ २०८०, आइतबार


काठमाडौँ । सर्वोच्च अदालतले वीर अस्पतालमा भर्ना हुने बिरामीका लागि कटौती गरिएको खाना र खाजासहित अक्सिजनको खर्च कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार उक्त आदेश जारी गरेको हो ।

बजेट कटौती गरेर वीर अस्पतालको सञ्चालनमा बाधा उत्पन्न भएको भन्दै अधिवक्ता विमल पोखरेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अर्थ मन्त्रालय र वीर अस्पताललाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

बिरामीको खाना, खाजा र अक्सिजनको समेत बजेट कटौती गरेर जनताको गाँसमा आर्थिक नाकाबन्दी गरेको जिकिर रिटमा गरिएको थियो । अघिल्लो आर्थिक वर्षमा एक अर्ब १९ करोड ६१ लाख १९ हजार बजेट विनियोजन गरेको तर यो आवमा ७३ करोड एक लाख मात्र विनियोजन गरेको रिटमा उल्लेख छ ।

अस्पतालको सुविधा काटिएकोमा स्वास्थ्यमन्त्री मोहन बस्नेतको चौतर्फी आलोचना भइरहेको छ । बस्नेत भने अर्थ मन्त्रालयले काटेको भनेर पन्छिँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस