एकीकृत समाजवादीको आम्दानी करिब आठ करोड « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एकीकृत समाजवादीको आम्दानी करिब आठ करोड


७ माघ २०८०, आइतबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । लेखापरीक्षण अनुसार पार्टीको आम्दानी गत आवमा आठ करोड चार लाख ५६ हजार सात सय नौ रुपैयाँ भएको छ ।

पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले जनाएको छ । सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा सात करोड ८२ लाख ६८ हजार आठ सय ११ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । 

पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलका अनुसार २१ लाख ८७ हजार आठ सय ९८ रुपैयाँ बचत भएको छ । चालु आवको बचत र अघिल्लो  वर्षको बचत मौज्दातसहित पार्टीमा हाल एक करोड ३२ लाख ४८ हजार सात सय ५६ रुपैयाँ बचत मौज्दात रहेको प्रतिवेदनमा जनाइएको छ । 

पार्टीको चालु आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा गत आमनिर्वाचनको खर्चसमेत समेटिएको लेखाप्रमुख पौडेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस