२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने 

अ+ अ-

काठमाडौँ । कैलालीको धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने भएको छ।

धनगढी उपमहानगरपालिकासँगको साझेदारीमा गो ड्रिमर्सले उपमहानगरपालिकामा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

दुवै पक्षबीच उपमहानगरपालिकाका दुई नमूना स्कुलहरूमा ग्रासरुट लेभल क्रिकेट कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको बताइएको छ । 

नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत छनौटमा परेका धनगढी वडा नम्बर १२ स्थित श्री सिद्धनाथ मावि, जुगेडा र धनगढी वडा नम्बर १८ स्थित श्री चन्द्रोदय मावि, फूलबारीमा उक्त कार्यक्रम लागु हुने प्रमुख हमालले जानकारी दिए । 

नगरप्रमुख हमालले नमूना विद्यालयमा क्रिकेटको नर्सरी विकास गर्नका लागि यो कार्यक्रम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

उनले भने, ‘नयाँ प्रतिभालाई उत्पादन गर्ने उद्देश्यका साथ हामीले विगतदेखि नै धनगढीलाई क्रिकेटको शहरका रूपमा स्थापित गर्न अग्रसर भइरहनुभएका सुवाश शाहीको टिमसँग क्रिकेट विकास कार्यक्रमको सम्झौता गरेका छौं । यो नमूना स्कुलमा क्रिकेटको नर्सरी तयार गर्ने समझदारी हो । क्रमिक रूपमा अन्य विद्यालयहरूमा यो कार्यक्रम लागु गर्दै जानेछौं । यस कार्यक्रमले धनगढीलाई क्रिकेटको शहरका रूपमा स्थापित गर्ने अभियानलाई मूर्तरूप दिने विश्वास लिएको छु,’ ।

गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यो कार्यक्रम सुरु गरिएको बताए । 

शाहीले भने, ‘ग्रासरुट लेभल क्रिकेट विकास कार्यक्रमको प्रस्तावलाई स्विकार्दै साझेदारीको हात अगाडि बढाउने धनगढी उपमहानगरपालिका र नगरप्रमुख गोपाल हमाल ज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु । नेपाली क्रिकेटको विकासका लागि स्थानीय तहसँगको सहकार्यमा हुन लागेको यो कार्यक्रम मोडेलका रूपमा स्थापित भएको छ । भविष्यमा नेपालबाट अन्तर्राष्ट्रिय खेल्ने खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको यस कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउन चाहान्छौं । ’

धनगढीलाई क्रिकेटको शहरका रूपमा स्थापित गर्न गो ड्रिमर्सको टिमले विगतदेखि नै धनगढी क्रिकेट लिग हुँदै धनगढी प्रिमियर लिगसम्मका व्यावसायिक क्रिकेट प्रतियोगिताहरू गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस