अदालतले पनि मधेसलाई न्याय नदिएको महन्थ ठाकुरको गुनासो  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अदालतले पनि मधेसलाई न्याय नदिएको महन्थ ठाकुरको गुनासो 


५ माघ २०८०, शुक्रबार


काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अदालतले पनि आफूहरूलाई न्याय नदिएको टिप्पणी गरेका छन् । अध्यक्ष ठाकुरले सरकारले मधेसमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि न्याय नदिएको गुनासो गरेका हुन् ।

शुक्रबार काठमाडौँमा आयोजित ‘संविधानको पूर्णता तथा संघीयताको अभ्यास’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले भाषाको सवाल, राष्ट्रिय पोशाकको सवालमा अदालतले पनि मधेसलाई साथ नदिएको बताए ।

उनले भने, ‘विभेद जारी छ । अदालतबाट पनि हामीले जुन न्याय पाउनुपर्ने हो, त्यो न्याय चाहे त्यो भाषाको कुरा हुँदाखेरी, ड्रेसको कुरा हुँदाखेरी व्यवहारमा हामीले यो सबै कुरा पाएका छौँ। तर जहाँसम्म वैधानिकताको प्रश्न छ ।’

उनले सबैभन्दा बढी जनसङ्ख्या भएको मधेस प्रदेशमा कम बजेट दिने काम समेत भएको भन्दै मधेसमाथि भएको विभेदको विरुद्ध फेरि संघर्ष चर्काउनुपर्ने बेला आएको बताए ।

‘मधेस भएर पनि पूर्ण अधिकार उनीहरूले नपाएको कुरा यहाँहरुले सुनिहाल्नु भएको छ । यसको लागि हाम्रो संघर्ष अहिले पनि जारी छ । अहिले पनि हामी संघर्ष उत्रिनपर्ने अवस्था हुन्छ ।’ उनले भने ।

अध्यक्ष ठाकुरले समग्र मधेसवासीको प्रतिनिधित्व मधेस प्रदेशले मात्रै गर्न नसक्ने भएकाले उनीहरूको हितका लागि पनि आफूहरूले संघर्ष गर्नुपर्ने अवस्था रहेको तर्क गरे ।उनले बहुजातीय मुलुकमा कुनै खास पोशाकलाई राष्ट्रिय मान्यता दिनेकुरा उपयुक्त नहुने धारणा समेत राखे ।

उनले भने, ‘ कुनैपनि भाषा, संस्कृति जब हामी विविधताले भरिएको देश हो । कुनै खास भाषा, खास संस्कृति कुनै खास ड्रेसलाई नेशनल ड्रेसको रूपमा हेरियो भने अरु के हुन्छ त रु अरूको भाषा, अरूको संस्कृतिलाई के भन्ने त ? यो अवस्था अहिले पनि छँदैछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस