डा. बाबुराम भट्टराईको अपिल : खुलामञ्चलाई खुल्लै रहन दिऊँ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डा. बाबुराम भट्टराईको अपिल : खुलामञ्चलाई खुल्लै रहन दिऊँ


५ माघ २०८०, शुक्रबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले खुलामञ्चलाई खुल्लै राख्नुपर्ने बताएका छन् । खुलामञ्च मासेर फुटबल मैदान बनाउने विषय बाहिरिएपछि उनले सामाजिक सञ्जाल मार्फत उनले खुलामञ्चलाई खुल्लै राख्नुपर्ने अपिल गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पञ्चायतकलादेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्ब स्थल हो । मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मञ्चमा ऋषिकेश शाह लगायतका मानव अधिकारवादी नेताहरूसँग उभिएर गणतन्त्रको पक्षमा बोलेको अझै सम्झना हुन्छ ।’

उनले खुलामञ्चलाई अझै व्यवस्थित गरेर आमजनता र संगठनहरूले जनआवाज खुला रूपले मुखरित गर्न सक्ने सार्वजनिक स्थल बनाउनुपर्ने माग गरेका छन् ।

‘जीवन्त लोकतन्त्रमा संसद मात्र हैन सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्त्वपूर्ण थलो हुन्छ भन्ने नभुलौँ,’ उनले भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस