क्रिकेटर अभिनाश बोहराको शल्यक्रिया सफल, एक महिना मैदान बाहिर रहने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

क्रिकेटर अभिनाश बोहराको शल्यक्रिया सफल, एक महिना मैदान बाहिर रहने


५ माघ २०८०, शुक्रबार


काठमाडौँ । नेपाली क्रिकेट टोली तथा एपीएफ क्लबका तीव्र गतिका बलर अभिनाश बोहराको हातको शल्यक्रिया सफल भएको छ । बिहीबार प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध ब्याटिङ गर्ने क्रममा अभिनाशको बायाँ हातको हत्केलामा चोट लागेको थियो ।

टियु एन्डबाट आएका तीव्र गतिका बलर रुपेश सिंहको ४९ औँ ओभरको दोस्रो वाइडतर्फको बल धेरै पछि गएर राइट बनाएर खेल्नेक्रममा उनको बायाँ हातको हत्केलामा चोट लागेको थियो । उक्त चोटपछि उनी वयोधा अस्पताल बल्खुमा उपचार गर्न गएका थिए ।

बिहीबार नै उनको शल्यक्रिया भएको छ । नेपाल एपीएफ क्लबका म्यानेजर (व्यवस्थापक) राजेश श्रेष्ठले अभिनाश अब एक महिना मैदान रहने बताएका छन् ।

हत्केलामा चोट लागेपछि अभिनाशले सुरुमा मैदानमै प्राथमिक उपचार गराएका थिए । फिजियो लोकेन्द्र कुँवर लगायत मेडिकल टोलीले उपचार गरेका थिए । त्यसपछि उनी मैदान बाहिर आउनु परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस