आज ललितपुरका यी स्थानमा ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

 आज ललितपुरका यी स्थानमा ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने


५ माघ २०८०, शुक्रबार


काठमाडौँ । आज ललितपुरका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सीमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको हो । 

गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा बिजुली बन्द हुने छ ।

यसैगरी लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानहरूमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस