टर्कीको इस्तानबुलमा आगलागी हुँदा ३ जनाको मृत्यु, २ जना घाइते « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

टर्कीको इस्तानबुलमा आगलागी हुँदा ३ जनाको मृत्यु, २ जना घाइते


५ माघ २०८०, शुक्रबार


इस्तानबुल । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलको एउटा कम्पनी परिसरमा सोमबार आगलागी हुँदा तीन कामदारको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएको गभर्नरको कार्यालयले जनाएको छ ।

शहरको छेउमा रहेको सुल्तानबेली जिल्लामा निजी कम्पनीका कामदारहरू बसेको कन्टेनरमा आगलागी भएको कार्यालयले जनाएको छ ।

घाइते कामदार, एकको अवस्था गम्भीर रहेको भन्दै अस्पताल लगिएको उल्लेख गरिएको छ । दमकलको सहयोगमा आगो निभाइएको र घटनाको कारणबारे अनुसन्धान शुरु गरिएको विज्ञप्तिमा उल्लेख छ । हबर्टर्क दैनिकका अनुसार कामदारहरूले कन्टेनरमा आगो बाल्ने प्रयास गर्दा आगो निस्किँदा विस्फोट भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस