पाकिस्तानले इरानबाट फिर्ता बोलायो राजदूत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पाकिस्तानले इरानबाट फिर्ता बोलायो राजदूत


४ माघ २०८०, बिहिबार


आइनजीओलाइ देश छाड्न सरकारको आदेश

काठमाडौँ । पाकिस्तानी विदेश मन्त्रालयले इरानबाट आफ्नो राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।

इरानद्वारा पाकिस्तानको सार्वभौमसत्ताको अवास्तविक र स्पष्ट उल्लङ्घन अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्य र सिद्धान्तहरूको उल्लङ्घन भएको भन्दै आफ्नो राजदूत फिर्ता बोलाएको बताएको हो।

यसअघि मंगलबार इरानले पाकिस्तानको हवाई क्षेत्रको उल्लङ्घन गर्दै मिसाइल आक्रमण गरेका कारण दुई पाकिस्तानी बालबालिकाको मृत्यु भएको र तीन बालिका घाइते भएको बताएको थियो।

पाकिस्तानमा रहेको जैश अल-जुल्म आतंकवादी समूहका दुई महत्त्वपूर्ण अड्डाहरू मिसाइल र ड्रोन हमलामा ध्वस्त भएका छन्। जवाफमा पाकिस्तानले पनि इरानमाथि हवाई हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस