उपप्रधानमन्त्री श्रेष्ठको दाबी : देशलाई ‘वृद्धाश्रम’ बन्ने खतराबाट मुक्त गरी छाड्छौँ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उपप्रधानमन्त्री श्रेष्ठको दाबी : देशलाई ‘वृद्धाश्रम’ बन्ने खतराबाट मुक्त गरी छाड्छौँ


४ माघ २०८०, बिहिबार


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशलाई ‘वृद्धाश्रम’ बन्ने खतराबाट मुक्त गरी छाड्ने दाबी गरेका छन् ।

युवा र श्रमिक सबैलाई बाहिर पठाएर देश वृद्धाश्रम बन्ने खतराबाट मुक्त गरिछाड्ने बताएका हुन्।

स्वतन्त्र उर्जा उत्पादक संघको स्थापना दिवसका अवसरमा बोल्दै गृहमन्त्री श्रेष्ठले देशलाई कुनै पनि हालतमा अतिकम विकसित राष्ट्रको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताएका हुन्।

उनले यो संकल्प त्यसै पूरा हुँदैन भन्ने सरकारलाई थाहा भएको बताए। उनले सरकारले नयाँ ढंगले काम गर्नुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस