टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय कप्तान रोहित शर्माको कीर्तिमानी शतक  « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय कप्तान रोहित शर्माको कीर्तिमानी शतक 


३ माघ २०८०, बुधबार


काठमाडौँ । रोहित शर्माले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी शतक प्रहार गरेपछि भारतले अफगानिस्तानविरूद्धको तेस्रो खेलमा ४ विकेटको क्षतिमा २१२ रन जोडेको छ।

बेंगलुरुमा टस जितेर पहिले ब्याटिङ गरेको भारतका लागि रोहितले नटआउट १२१ रन जोडे। उनले ६९ बलमा ११ चौका र ८ छक्का प्रहार गरे।

यो रोहितको पाँचौँ टी-२० अन्तर्राष्ट्रिय शतक हो। जससँगै उनी सर्वाधिक टी-२० अन्तर्राष्ट्रिय शतक बनाउने खेलाडी बने। टी-२० अन्तर्राष्ट्रियमा भारतकै सूर्यकुमार यादव र अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले ४(४ शतक प्रहार गरेका छन्।

रोहितले खेलमा रिंकु सिंहसँग नटआउट १९० रनको साझेदारी गरेका थिए। रिंकुले नटआउट ६९ रन जोड्ने क्रममा २ चौका र ६ छक्का प्रहार गरे।

त्यसअघि भारतले ४.३ ओभरमा ४ विकेट गुमाउँदा २२ रन मात्र जोडेको थियो। भारतका ओपनर यशस्वी जैशवाल ४ रन, विराट कोहली ०, शिवम् दुवे १ रन र  सन्जु सामसन ० मा आउट भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस