लुम्बिनीको विकासमा सहकार्यका लागि छलफल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लुम्बिनीको विकासमा सहकार्यका लागि छलफल


३ माघ २०८०, बुधबार


लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एसोसिएसनका उपाध्यक्ष युन सुङविच लुम्बिनीको विकासमा सहकार्य गर्ने विषयमा छलफल गरेका छन् ।  

उपाध्यक्ष डा. लामा र सुङविच आज भएको भेटवार्तामा शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सहकार्य गर्ने, चिनियाँ पर्यटकलाई लुम्बिनीमा बढीभन्दा बढी ल्याउनेलगायतका विषयमा छलफल भएको हो । भेटमा उपाध्यक्ष डा. लामाले चीन र नेपालबीचको सम्बन्ध भगवान् बुद्धले थप नजिक बनाएको बताउँदै लुम्बिनीमा चिनियाँ पर्यटकलाई स्वागत गर्न आतुर रहेको बताए । 

चीनमा बुद्धका अनुयायी धेरै रहेकाले बुद्धजन्मस्थलमा ल्याउने वातावरणका लागि पहल गरिदिन उपाध्यक्ष डा. लामाले आग्रह गरे । भेटमा डा. लामा र उपाध्यक्ष सुङविच दुई देशबीचको साझेदारी, लुम्बिनीको विकास संरक्षण र सम्वद्र्धन लगायतका विषयमा छलफल भएको थियो । 

भेटमा चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एसोसिएसनका उपाध्यक्ष सुङले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा खुसी लागेको  बताए । उनले बुद्ध जन्मस्थल चिनियाँका लागि पवित्रस्थल रहेकाले यसको प्रचारप्रसार गर्ने बताए । लुम्बिनी भ्रमणमा रहेका उपाध्यक्ष सुङको टोलीमा करिब ४० जना भिक्षु, भिक्षुणी सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस