२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिहीबार पनि २० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुनः २० अर्ब तरलता खिच्ने भएको छ । बुधबार ३० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गरेकोमा २४ अर्ब २० करोड रुपैयाँ मात्रै तरलता खिचेको केन्द्रीय बैंकले ४ माघमा पुनः २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो ।

निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिन अवधिका लागि २० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।

बुधबार ३० अर्बको निक्षेप संकलन उपकरणका लागि बोलकबोल आह्वान भएको ३७ अर्ब ७० करोडको आवेदन परेको थियो ।

राष्ट्र बैंकले कटअफ ब्याजदर ३.०९८८ प्रतिशत ब्याजदर कायम गर्दै २४ अर्ब २० करोड रुपैयाँ मात्रै तरलता खिचेको हो ।

बुधबारको निक्षेप संलकन उपकरणमा बैंकहरुले अधिकतम ३.२९९९ प्रतिशत र न्यूनतम २.८९४४ प्रतिशत ब्याजदर प्रस्ताव गरेको थिए ।

राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशत रहेको र सोही दरलाई आधार मानेर २४ अर्ब २० करोड मात्रै तरलता खिचेको हो ।

बुधबार बोलकबोलमा ल्याएअनुसारको तरलता नखिचेपनि ४ माघमा पुनः ९ अर्ब ७० करोड रुपैयाँको निक्षेप संकलन उपकरण परिपक्व हुँदै छ ।

बुधबार पनि २५ अर्बको निक्षेप संकलन उपकरण परिपक्व भएकोले राष्ट्र बैंकले बिहीबार पुनः तरलता खिच्ने निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस