त्रिविले बनाएका कानुनमाथि संसदीय समितिले देखायो चासो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

त्रिविले बनाएका कानुनमाथि संसदीय समितिले देखायो चासो


३ माघ २०८०, बुधबार


काठमाडौँ । संसदीय समितिले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ मा टेकेर ८९ वटा कानुन बनाइएको प्रति चासो देखाएको छ।

सो ऐनमा टेकेर ५ नियम, ३४ विनियम, ३४ कार्यविधि, १६ निर्देशिका गरी ८९ वटा कानुन बनाइएकोप्रति समितिले चासो देखाएको हो । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्था तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा सांसदहरूले त्रिभुवन विश्वविद्यालयले बनाएको ८९ वटा कानुनप्रति चासो देखाएका हुन्।

बैठकमा सहभागी त्रिविका उपकुलपति प्रा.डा. शिवलाल भुसालले ऐनले अहिलेको अवस्थालाई सम्बोधन गर्न नसकेका कारण विनियम बनाइएको बताए। परियोजना नयाँ आउँदा त्यसकालागि नयाँ कानुनको आवश्यकता पर्ने उनको भनाइ छ। ऐनले दिएको अधिकार भन्दा बाहिर गएर नियम बनाउने नियत नभएको उनले बताएका छन्।

सांसदहरूले आफूलाई जति बेला जे कुरा चाहियो त्यसकालागि कार्यविधि बनाइएको प्रति आपत्ति जनाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस