आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


३ माघ २०८०, बुधबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा एक हजार २०० रुपैयाँले घटेर कारोबार भइरहेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य १५ रुपैयाँ घटेर कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस