नेपाल र वेस्ट इन्डिजबीचको खेल वर्षाले प्रभावित « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नेपाल र वेस्ट इन्डिजबीचको खेल वर्षाले प्रभावित


२ माघ २०८०, मंगलबार


Dev-khanal-westwindies-cricket

काठमाडौँ । आइसिसी यू-१९ विश्वकपअन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको अभ्यास खेल वर्षाले अवरुद्ध भएको छ। दक्षिण अफ्रिकाको जोहानेसवर्गमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि वेस्ट इन्डिज ब्याटिङमा उत्रिएको थियो। 

वेस्ट इन्डिजले ८.३ ओभरमा ३३ रन जोड्दा १ विकेट गुमाएको थियो। नेपालका लागि गुल्सन झाले एक विकेट लिएका थिए। त्यसपछि वर्षाले खेल अवरुद्ध भएको हो।

विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दैछन् भने नेपाल समूह ‘डी’ मा छ। 

सन् २०१६ पछि पहिलो पटक यू–१९ विश्वकप खेल्न लागेको नेपालले समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। 

विश्वकपअघि आइसिसीले १६ वटै टिमका कप्तानसँग कुराकानी गरेको छ। जसमा नेपालका कप्तान देव खनालले नेपालमा क्रिकेट क्रेज बढी भएको भन्दै नेपाली समर्थकको प्रशंसा गरे। 

यस्तै उनले अरु १५ टिमका कप्तानसँग भेट्दा धेरै खुसी लागेको तथा दक्षिण अफ्रिकाका बलर एनरिच नोर्कियासँग भेटेर उनको अनुभव सुनेको पनि बताए।

एक साताअघि नै दक्षिण अफ्रिका पुगेको नेपालले दुई वटा अनौपचारिक र एक औपचारिक अभ्यास खेल खेलिसकेको छ। तीनै खेलमा नेपाल विजयी भएको छ।

नेपालले अनौपचारिक खेलमा नामिबिया र स्कटल्यान्डलाई पराजित गरेको थियो। शनिबार भएको औपचारिक खेलमा नेपालले डिएलएस मेथडमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो। 

नेपालले विश्वकपमा माघ ७ गते न्युजिल्यान्ड, माघ १० गते पाकिस्तान र माघ १२ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस