२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हाम्रा प्रधानमन्त्रीसँग देश विकासको खाका नै छैन’

अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई देश विकास गर्न नसके राजीनामा दिन सुझाव दिएका छन्।

२६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा आयोजित जनचेतनामूलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री दाहालले केही दिनअघि आफू प्रधानमन्त्री बनेको एक वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपुर्‍याएको बताएका थिए।

सुवालले उनलाई सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझाव दिए। उनले अघिल्ला सरकारहरूले गरे पनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने बताए। राणा शासन र पञ्चायतविरुद्ध लडेकाहरूले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने बताए।

उनले जनतालाई धोका दिएर सिंहदरवार कब्जा गरेर नबस्न चेतावनी दिए। उनले नेपालका प्रधानमन्त्रीहरूसँग देश विकासको खाका नरहेको जिकिर गरे। गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरूले देशलाई नर्क बनाएको उनको आरोप छ।

सुवालले भने, ‘हाम्रा प्रधानमन्त्रीहरूसँग देश विकासको खाका नै छैन। अस्ति प्रधानमन्त्रीले हामीसँग बैठक बोलाएर भन्नुभयो, अर्थतन्त्र मैले यस्तो बनाएको होइन, म त एक वर्ष मात्रै भयो, देशको अर्थतन्त्र ध्वस्त भयो। अघिल्ला सरकारहरूले ध्वस्त भएको भए आफूले सम्हाल्ने हो नि। प्रधानमन्त्री भएर भाग्न पाइन्छ। यस्तो नेतृत्व भएसम्म सारा नेपाली विदेशमा छन्। सरकारले एक वर्षमा २ हजार ३१८ जना नेपाली डाक्टर विदेश पठायो। तपाईँको काम के हो भनेर सरकारलाई सोध्दा विदेश जाने डाक्टरलाई असल चरित्रको प्रमाणपत्र दिने। परराष्ट्रमन्त्रीलाई के हो काम भन्दा राहदानी बाँड्ने रे। हाम्रा प्रधानमन्त्री र मन्त्रीको कस्तो लाजमर्दो काम।’