सूचना अधिकारी व्यवस्था गर्न निर्देशन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सूचना अधिकारी व्यवस्था गर्न निर्देशन


२ माघ २०८०, मंगलबार


काठमाडौँ । काभ्रेपलान्चोकका सूचना अधिकारीहरूको बैठकले सूचना अधिकारी नतोकिएका कार्यालयलाई तत्काल सूचना अधिकारी तोक्न निर्देशन दिएको छ । केही कार्यालयले सूचना अधिकारीको व्यवस्था नगरेको गुनासो आएपछि आइतबार बसेको बैठकले सूचना अधिकारी तोक्न निर्देशन गर्ने निर्णय गरेको हो ।

बैठकले सूचनाको हकसम्बन्धी ऐनले तोकेअनुसार सार्वजनिक निकायको दायित्वबमोजिम  नियमित रूपमा प्रकाशन गर्नुपर्ने सूचना सार्वजनिक गर्न कार्यालयलाई निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारी दिए । सबै कार्यालयले सूचना माग भएको र  सूचना प्रवाह भएको विवरण छुट्टै अभिलेख राखी   त्रैमासिक/वार्षिक रूपमा प्रतिवेदन तयार गरी प्रशासन कार्यालयमा पठाउन पनि बैठकले निर्देशन दिने निर्णय गरेको छ ।

कार्यालयहरूबाट सहज रूपमा सूचना नपाएको गुनासो नआओस् भन्नका लागि सूचना अधिकारीको व्यवस्था गरी सम्पर्क नम्बर र सूचना मागको विवरणलगायत सूचनाको हक   कार्यान्वयनको अवस्था बारेको प्रतिवेदन एक साताभित्र प्रशासन कार्यालयमा पठाउन निर्देशन भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । बैठकले स्थानीय तहको वेबसाइटमा सबै वडाध्यक्ष र वडा सचिवको सम्पर्क नम्बर राख्न स्थानीय तहलाई अनुरोध  गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस