बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भीर घाइते « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भीर घाइते


२ माघ २०८०, मंगलबार


काठमाडौँ । बिर्तामोड नगरपालिकाको वडा नम्बर-सातमा रहेको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

स्कुलले आज आयोजना गरेका खेलकुद कार्यक्रमको सजावटका लागि बेलुन फुलाउन प्रयोग गरिएको हाइड्रोजन ग्यास भरिएको सो सिलिन्डर विस्फोट हुँदा अन्दाजी ५० वर्षका भारतीय नागरिक घाइते भएको प्रहरीले जनाएको छ ।

उनको उपचारको लागि विएण्सी मेडिकल कलेज पठाइएको छ । घाइतेको अवस्था चिन्ताजनक रहेको सो वडाका वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए । वडा अध्यक्ष खरेलका अनुसार घाइतेको कम्मर मुनिको भाग क्षतबिक्षत् अवस्थामा छ । विस्फोटबाट उनको खुट्टा चुँडिएर झरेको छ । उनको नाम भने खुलेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस