उत्तर कोरियाले गर्‍यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उत्तर कोरियाले गर्‍यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण


१ माघ २०८०, सोमबार


सोल । उत्तर कोरियाले हाइपरसोनिक युद्धाभ्यासयुक्त नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको सोमबार बताएको छ । उक्त परीक्षण दक्षिण कोरियाली र अमेरिकी लक्ष्यलाई धम्की दिन उन्नत हतियारको खोजीमा पछिल्लो सफलता भएको उसको भनाइ छ ।

प्योङयाङको यस वर्षको पहिलो ज्ञात हतियार परीक्षण र ठोस(इन्धन हाइपरसोनिक मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र (आईआरबीएम)को पहिलो परीक्षण सोलको सेनाले आइतबार दिउँसो पत्ता लगाएको थियो ।

आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) को संक्षिप्त रिपोर्टले ठोस-इन्धन आईबीआरएमबी हाइपरसोनिक युद्धाभ्यास नियन्त्रित वारहेडयुक्त भएको बताएको छ । परीक्षणको उद्देश्य हतियारको ‘ग्लाइडिङ र कौशलता विशेषताहरू’ तथा ‘नयाँ विकसित बहुचरण उच्च थ्रस्ट ठोस-इन्धन इन्जिनको विश्वसनीयता’ लाई प्रमाणित गर्न भएको केसीएनएले बताएको छ ।

केसीएनएले आइतबारको प्रक्षेपणबाट कुनै पनि छिमेकी मुलुकको सुरक्षामाथि कुनै असर नगरेको र यसको क्षेत्रीय अवस्थासँग कुनै सरोकार नभएकोसमेत बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस