एपललाई उछिन्दै माइक्रोसफ्ट बन्यो विश्वको सबैभन्दा महँगो कम्पनी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

एपललाई उछिन्दै माइक्रोसफ्ट बन्यो विश्वको सबैभन्दा महँगो कम्पनी


१ माघ २०८०, सोमबार


काठमाडौँ । अमेरिकी सफ्टवेयर कम्पनी माइक्रोसफ्ट विश्वको सबैभन्दा महँगो कम्पनी भएको छ । तीन प्रतिशत शेयर बढेसँगै माइक्रोसफ्ट पुनः विश्वको सबैभन्दा महँगो कम्पनी बनेको हो ।

गत हप्तामा एपलको ३ प्रतिशत घट्दा माइक्रोसफ्टको तीन प्रतिशत बढेको आरटीले जनाएको छ ।

जसअनुसार एपलको भाउ २.८७ ट्रिलियन डलर पुगेको छ भने माइक्रोसफ्टको भाउ २.८९ ट्रिलियन पुगेको छ । सन् २०२१ देखी माइक्रोसफ्टको भाउ एपल भन्दा थोरै भएको थियो ।

गत बुधबारको कारोबारअनुसार भने माइक्रोसफ्टको भाउ बढेर अहिले पुन लयमा आएर माइक्रोसफ्टको भाउ सबैभन्दा महँगो भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस