जिडिपीभन्दा १११ प्रतिशत बढी निक्षेप बैंक तथा वित्तीय संस्थामा जम्मा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जिडिपीभन्दा १११ प्रतिशत बढी निक्षेप बैंक तथा वित्तीय संस्थामा जम्मा


१ माघ २०८०, सोमबार


काठमाडौँ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा १११ प्रतिशत बढी निक्षेप बैंक तथा वित्तीय संस्थामा जम्मा भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा ६० खर्ब १९ अर्ब निक्षेप पुगेको छ । यो निक्षेप ५४ वटा बैंक तथा वित्तीय संस्थामा खोलिएको ५ करोड ३३ लाख ३ हजार ३७८ वटा खातामार्फत जम्मा भएको रकम हो ।

नेपालको कुल गार्हस्थ्य उत्पादन ५३ खर्बभन्दा बढी छ । बैंक तथा वित्तीय संस्थामा खोलिएको खाता नेपालको जनसङ्ख्याभन्दा करिब दोब्बर हो । २० वाणिज्य बैंक, १७ विकास बैंक र १७ फाइनान्स गरी ५४ वटा बैंक तथा वित्तीय संस्था छन् ।

मंसिर मसान्तसम्म ४९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यो कर्जा प्रवाह जिडिपीको ८३ प्रतिशत हो । ५४ वटा बैंक तथा वित्तीय संस्थाको १८ लाख ५८ हजार ३५५ वटा खातामार्फत सो ऋण प्रवाह भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस