राष्ट्रपति निवासमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना, शीर्ष नेताहरूलाई तरुल र चाकु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रपति निवासमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना, शीर्ष नेताहरूलाई तरुल र चाकु


१ माघ २०८०, सोमबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन् । माघे सङ्क्रान्तिको अवसरमा राष्ट्रपति पौडेलले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका हुन् ।

राष्ट्रपति निवासमा एक कार्यक्रमको आयोजना गरी शीर्ष नेताहरूलाई बोलाएर शुभकामना आदान प्रदान गर्नुका साथै तरुल र चाकुलगायत परिकार खुवाएका हुन् ।

कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, रास्वपा सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका नेताहरूको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस