नेपाल एयरलाइन्सद्वारा सञ्चय कोष र लगानी कोषलाई ५३ करोड रुपैयाँ भुक्तानी  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेपाल एयरलाइन्सद्वारा सञ्चय कोष र लगानी कोषलाई ५३ करोड रुपैयाँ भुक्तानी 


२९ पुस २०८०, आइतबार


काठमाडौँ । नेपाल एयरलाइन्सले सञ्चय कोष र लगानी कोषलाई ५३ करोड रुपैयाँ भुक्तानी गरेको छ । जहाज खरिदवापत चालु आर्थिक वर्ष २०८०/८१ को पुस महिनाको किस्तावापत ५३ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

नेपाल एयरलाइन्सका अनुसार दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिदवापत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्तावापत २९ पुस ९आइतबार० ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ तिरेको हो ।

यो न्यारोबडी जहाजको पुरै र वाइडबडी जहाजको आंशिक किस्ता रहेको समेत उनले जानकारी दिए ।

नेपाल एयरलाइन्सले पछिल्लो १८ महिनामा किस्तावापत ४ अर्ब ८३ करोड ५७ लाख ३१ हजार ६८७ रुपैयाँ भुक्तानी गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस