२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी विद्यालयलाई सार्वजनिक गुठीमा रूपान्तरण गर्न माग

अ+ अ-

काठमाडौँ । विभिन्न राजनीतिक दल निकट विद्यार्थी सङ्गठनले संविधानमा व्यवस्था भएको निःशुल्क शिक्षाको हकलाई कार्यान्वयन गर्ने गरी विद्यालय शिक्षा विधेयक, २०८० पारित गर्न संसदीय समितिलाई ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा सुझाव दिन आमन्त्रित विद्यार्थी सङ्गठनका प्रतिनिधिले निजी विद्यालयलाई निश्चित अवधि तोकेर सार्वजनिक शैक्षिक गुठीमा अनिवार्य रूपान्तरण गराउनुपर्ने मागसमेत गरेका छन्।

बैठकमा नेपाल शिक्षक महासङ्घसँग भएका अस्थायी र राहत शिक्षकलाई सीमित प्रतियोगिताबाट स्थायी गराउने सहमतिको विरोध भएको छ।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थीलाई केन्द्रमा राखेर कानुन बन्नुपर्नेमा जोड दिँदै करार र अस्थायी शिक्षकलाई सीमित प्रतियोगिताबाट स्थायी गराउने सम्झौता मान्य नहुने बताए। 

अध्यक्ष शेर्पाले शिक्षकको नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गरिनुपर्ने, विद्यालय तहमा अतिरिक्त क्रियाकलापका लागि छुट्टै शिक्षक दरबन्दी हुनुपर्ने, विद्यालय तहमा नैतिक शिक्षालाई अनिवार्य गर्नुपर्नेलगायत माग राखे। उनले राज्यकोषबाट तलब तथा सेवा सुविधा लिने सबैले सामुदायिक विद्यालयमा छोराछोरी पढाएर सामुदायिक विद्यालयको सुधारमा साथ दिनुपर्ने प्रस्ताव गरे।

नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफूहरूसँग छलफल नगरी विधेयक ल्याइएको जनाउँदै पाँचदेखि सात वर्षको अवधि दिएर निजी विद्यालयलाई सार्वजनिक शैक्षिक गुठीमा ल्याउनुपर्ने माग गरे।

यसैगरी, नेकपा (माओवादी केन्द्र) निकट अनेवास्ववियु (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले संविधानको मौलिक हकलाई ध्यान नदिई निजी विद्यालयको व्यापारीकरण र एकाधिकारलाई प्रोत्साहन हुने गरी विधेयक ल्याइएकामा असन्तुष्टि व्यक्त गरिन्। उनले शिक्षा व्यापार र नाफाको विषय नभई सेवाको क्षेत्र भएकाले निजी विद्यालयलाई गुठीमा जाने व्यवस्था अनिवार्य गर्नुपर्ने बताइन्।

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुकी अध्यक्ष आरती लामाले जनआन्दोलनको अग्रमोर्चामा रहेका विद्यार्थी सङ्गठनलाई शिक्षाका विधेयक तयार गर्दा विशेष ध्यान दिन आग्रह गर्दै निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लैजानुपर्ने धारणा राखिन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका अध्यक्ष कमल बम, जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादव, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठनका अध्यक्ष प्रकाश शाहीले पनि विधेयकलाई विद्यार्थीमुखी बनाउन सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस