भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रोशनी धौवञ्जा निर्वाचित « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रोशनी धौवञ्जा निर्वाचित


२९ पुस २०८०, आइतबार


भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रोशनी धौवञ्जा निर्वाचित भएकी छन् । सङ्घको ३६औँ साधारण सभा एवं अधिवेशन-२०८० ले धौवञ्जाको अध्यक्षतामा सर्वसम्मतले नयाँ नेतृत्व चयन गरेको हो । 

सङ्घको आज सम्पन्न अधिवेशनले सङ्घको ५७ वर्षीय इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता गजेन्द्रशङ्कर तिमिलाले जानकारी दिए । उनका अनुसार यसअघि सङ्घका वरिष्ठ उपाध्यक्ष रहेकी धौवञ्जाको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । 

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा कृष्णमुरारी न्यौपाने, उपाध्यक्षमा गणेशहरि प्रजापति, वस्तुगत उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति, एशोसियट उपाध्यक्षमा दिनेश गोसाईं, महासचिवमा नवीन प्रजापति, सचिवमा सचिन्द्र प्रधानाङ् र कोषाध्यक्ष विश्वराम दुवाललाई निर्वाचित गरेको छ ।

सदस्यमा अमरबहादुर मानन्धर, ऋषिकेश श्रेष्ठ, कृतन अवाल, गोकर्ण न्यौपाने, गौतम सुखजु, पृथ्वीभक्त प्रजापति, रञ्जित मारिखू, राजेश त्वानावासु, रुकेश रञ्जित, सुरेन्द्र प्रजापति, श्यामप्रसाद मानन्धर निर्वाचित भएका छन् । 

महिला सदस्यमा मञ्जु सुवेदी र सरस्वती कार्की, वस्तुगत सदस्यमा गणेशभक्त हुँमागाइँ, एशोसियट सदस्यमा जीतेन्द्र खायमली र राजेश त्वानावासु निर्वाचित भएका निर्वाचन समितिका संयोजक तिमिलाले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस