२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व-पश्चिम रेलमार्गको भरतपुर रुटबारे मेयर दाहालका दुई विकल्प

अ+ अ-

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पूर्व-पश्चिम रेलमार्गको प्रस्तावित मार्गका विषयमा दुई विकल्प अघि सारेकी छन् । भरतपुरको वडा नम्बर आठ, सात, चार र १६ बाट जाने भनिएको रेलमार्गलाई त्यहाँबाट नभई अन्य दुई विकल्पका माध्यमबाट अघि बढाउन सकिने उनको प्रस्ताव छ । 

भरतपुर महानगरपालिकामा शनिबार नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरोकारवालासँगको छलफलमा मेयर दाहालले वडा नम्बर ११ र १२ बाट नवलपुर वा राप्ती करिडोर हुँदै गोलाघाटबाट नवलपुर उपयुक्त विकल्प हुन सक्ने बताइन् ।

मन्त्री ज्वालालाई मेयर दाहालले रेलमार्गको कार्य स्थानीयसँगको सहयोग र सहकार्यबाट टुङ्गोमा पुर्‍याउनुपर्ने धारणा राखिन् । ‘रेल मार्गका लागि विकल्पहीन कुरा गर्न मिल्दैन,’ उनले भनिन्, ‘अहिलेको मार्गबाट धेरै क्षति पुग्छ भने हामीले नै अर्को विकल्प दिन सक्नुपर्छ । हामी रेलवे लाइन पनि चाहियो, भरतपुरमा रेलवे लाइन नहुँदा भरतपुर विकासबाट पछि पर्नेछ ।’

मेयर दाहालले अहिलेको विषयलाई पुन अवलोकन हुनुपर्‍यो भनी छिटोभन्दा छिटो स्थानीयको माग सम्बोधन गराउने उद्देश्यले सरोकारवालाबिच छलफल कार्यक्रम राखिएको प्रस्ट पारिन् केही दिनअघि प्रस्तावित मार्गमा रेल विभागको सर्भे गर्ने काम सुरु भएसँगै स्थानीयहरू आन्दोलित भई महानगरपालिकालाई ज्ञापन पत्र बुझाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले अहिलेका लागि प्रस्तावित रेल मार्गको कार्य स्थगित भएको बताए । केही दिनमा रेल विभागको महानिर्देशकसहित प्राविधिक टोलीले विकल्प दिएका रुटको बारेमा अध्ययन गर्ने मन्त्री ज्वालाले बताए । यस्ता आयोजनाहरु जनतासँगको छलफलको निष्कर्षपछि मात्रै अगाडि बढ्ने भएकाले तत्काल काम नहुने प्रस्ट पारे ।-नेपाल न्यूज बैंक

प्रतिक्रिया दिनुहोस