२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङमा आलु उत्पादन घट्यो 

अ+ अ-

म्याग्दी । मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यो वर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको हो।

केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार गत वर्ष नौ हजार ६०३ मेट्रिक टन आलु उत्पादन भएकोमा  यो वर्ष छ हजार तीन ३६३ मेट्रिक टन आलु उत्पादन भएको छ। ‘यसपालि आलुको बोट हुर्कने समयमा लगातार वर्षा हुँदा वृद्धि विकास राम्रो हुन सकेन’, प्रमुख बस्ताकोटीले भने, ‘डढुवा रोगका प्रकोप पनि आलु उत्पादन घट्नुको कारण हो।’ 

स्थानीय तहका कृषि शाखासँग समन्वय गरी आलुको क्रप कटिङ गरिएको थियो। चैत–वैशाख महिनामा लगाइने आलु असोज–कात्तिक महिनामा भित्र्याइन्छ। गत वर्ष प्रतिहेक्टर ३०.७८ मेट्रिक टन आलु उत्पादन भएकामा यो वर्ष २० दशमलव दुई मेट्रिक टन फल लागेको छ। मुस्ताङको ३१५ हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ। अघिल्लो वर्षको तुलनामा यसपालि आलुखेती हुने क्षेत्रफल तीन हेक्टरले भएको थियो।

मुस्ताङमा उत्पादन हुने आलु पोखरा, काठमाडौँ, चितवनलगायतका बजारमा खपत हुने गरेको छ। केन्द्रका अनुसार यहाँ उत्पादन हुने आलु २० प्रतिशत बीउ र १० प्रतिशत उपभोगका लागि खपत भई बाँकी ७० प्रतिशत निकासा हुन्छ। आलु प्रतिकिलो सरदर ५० रुपैयाँमा बिक्री हुन्छ।

यहाँ गत वर्ष ४८ करोड नौ लाख मूल्यबराबरको आलु उत्पादन भएकामा यसपटक ३१ करोड ८१ लाख रुपैयाँबराबरको मात्रै भएको छ। हिमाली चिसो हावापानीमा प्राङ्गारिक विधिबाट विषादिको प्रयोगबिना उत्पादन भएको आलुको बजारमा उच्च माग रहेको किसान रोशन थकालीको भनाइ छ। 

‘प्रतिपाथी १५० रुपैयाँका दरले आलु बिक्री हुने गरेको छ’, किसान उनले भने, ‘एक पाथीमा करिब तीन केजी आलु हुन्छ।’ बारीमा नखन्दै व्यापारीले अग्रिम पैसा दिएर आलु खरिद गर्छन्। मुस्ताङ घुम्न जानेहरूले पनि कोसेलीका रूपमा आलु किनेर लैजाने गर्छन्। यहाँको आलु अन्यत्रको तुलनामा स्वादिलो हुने भएकाले मुस्ताङको आलुको माग शहरमा बढी हुने गरेको छ। 

आलु खेतीमा भेडा–च्याङग्रा, गाई, गोरु र चौँरीको मल प्रयोग हुन्छ। आलु खेतीका  लागि गण्डकी प्रदेश सरकारमार्फत चालु आर्थिक वर्षमा प्रतिरोपनी सात हजार ५०० अनुदान छुट्याइएको छ। 

प्रतिक्रिया दिनुहोस