टी-२० क्रिकेटमा १ सय ५० विकेट लिने पहिलो बलर बने टिम साउदी « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

टी-२० क्रिकेटमा १ सय ५० विकेट लिने पहिलो बलर बने टिम साउदी


२७ पुस २०८०, शुक्रबार


काठमाडौँ । न्युजिल्यान्डका अनुभवी बलर टिम साउदीले पाकिस्तानसँगको पहिलो टी-२० खेलमा कीर्तिमान बनाएका छन् ।

न्युजिल्यान्डका तीव्र गतिका बलर साउदी टी-१० अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ५० विकेट लिने पहिलो खेलाडी बनेका छन् । साउदीभन्दा पछि बङ्गलादेशका शाकिब अल हसन र अफगानिस्तानका राशिद खान रहेका छन् । शाकिबले १ सय ४० र राशिदले १ सय ३० विकेट लिएका छन् ।

आज भएको पहिलो खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ४६ रनले हराउँदा टिम साउदीले यो उपलब्धि हासिल गरेका हुन् । यो खेलमा साउदीले ४ ओभरमा २५ रन दिँदै ४ विकेट लिए ।

साउदीले न्युजिल्यान्डका लागि सन् २००८ मा टी-२० मा डेब्यु गरेका थिए । उनले १ सय १८ वटा टी-२० खेलेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस