शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षक र कर्मचारीपछि विद्यार्थी सङ्गठनलाई संसदीय समितिमा आमन्त्रण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षक र कर्मचारीपछि विद्यार्थी सङ्गठनलाई संसदीय समितिमा आमन्त्रण


२७ पुस २०८०, शुक्रबार


काठमाडौँ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्न विद्यार्थी सङ्गठनलाई बोलाएको छ ।

समिति सचिवालयका अनुसार आइतबार बिहान साढे ११ बजे विभिन्न विद्यार्थी संघ/संगठनहरुका अधिकारीहरूलाई आमन्त्रण गरिएको छ । छलफल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हल सिंहदरवारमा हुनेछ ।

२७ भदौ २०८० मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले प्रतिनिधि सभामा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमाथि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरोकारवालाहरूसँग छलफल चलाइरहेको छ । बिहीबार अभिभावक संघका अधिकारीहरूसँग छलफल गरेको थियो ।

शिक्षक, कर्मचारी, सञ्चालक लगायतका सरोकारवालाहरूसँग एकचरणमा छलफल गरिसकेपछि यो विधेयकमाथि छलफल गर्न विद्यार्थी सङ्गठनलाई बोलाइएको हो । सरोकारवालाहरुँगको छलफल सकेर विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरुलाई बोलाउने समितिको तयारी छ ।

विधेयकमाथि १६५ वटा संशोधन प्रस्ताव परेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस