उद्योगहरूमा काटिएको बिजुलीको लाइन प्राधिकरणले जोडिदिने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

उद्योगहरूमा काटिएको बिजुलीको लाइन प्राधिकरणले जोडिदिने


२७ पुस २०८०, शुक्रबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा काटिएको बिजुलीको लाइन जोडिदिने निर्णय गरेको छ ।

शुक्रवार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औँ बैठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकहरूको विद्युत् लाइन जोडिदिने निर्णय गरेको हो ।

यसअघि मन्त्रिपरिषद् बैठकले लाइन काटिएका उद्योगहरूमा बिजुलीको लाइन जोडिदिन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो । साथै मन्त्रिपरिषद् बैठकले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन सम्बन्धी बिजुलीको विवाद छानबिन गर्न जाँचबुझ आयोगसमेत गठन गरेको छ ।

मन्त्रिपरिषद्को बैठकको निर्णयसम्बन्धी पत्र बिहीबार ऊर्जा मन्त्रालयबाट प्राप्त भएको भन्दै शुक्रबार प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो ।

मन्त्रिपरिषद् बैठकले गठन गरेको जाँचबुझ आयोगबाट प्रतिवेदन पेश भई नेपाल सरकारबाट निर्णय नभइन्जेलसम्मका उद्योगहरूमा बिजुलीको लाइन जोडिदिने निर्णय प्राधिकरण सञ्चालक समितिले जनाइको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस