रञ्जिता श्रेष्ठको दाबी : जेलभित्र जन्मिएको पार्टी अहिले देशैभरि सबैको मनमा छ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रञ्जिता श्रेष्ठको दाबी : जेलभित्र जन्मिएको पार्टी अहिले देशैभरि सबैको मनमा छ


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले जेलभित्र खुलेको पार्टी अहिले नागरिकको मनमनमा बस्न सकेको दाबी गरेकी छन् ।

कैलालीको टीकापुरमा आज सुरु भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनकी प्रमुख अतिथि श्रेष्ठले नागरिकको आशालाई निराशामा परिणत हुन नदिने बताएकी छन् । ‘टीकापुर घटनाको राजबन्दीको न्यायको लागि स्थापना भएको पार्टी अहिले जनताको मनमा बसेको छ’, उनले भनिन्, ‘जेलबाट खुलेको पार्टी हो, अहिले देशैभरि पुगेको छ ।’

उनले सुरुवाती दिनमा उम्मेदवारसमेत खोज्न समस्या भएको स्मरण गर्दै अहिले तीनै तहको सरकारमा पार्टीको राम्रो उपस्थिति रहेको बताइन् । अध्यक्ष श्रेष्ठले अहिले पार्टीले सबै उत्पीडित वर्गको पक्षमा वकालत गरिरहेको दाबी गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस