भन्सार छली ल्याएका गाडी बरामद « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भन्सार छली ल्याएका गाडी बरामद


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । प्रहरीले भन्सार छलेर ल्याइएका विभिन्न नौ वटा गाडी बरामद गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ती गाडी बरामद गरेको हो ।

भन्सार छली चोरी पैठारी गरी नेपालमा ल्याई गाडीहरू विभिन्न स्थानहरूमा बेवारिसे अवस्थामा छाडेको भन्ने सूचना आधारमा प्रहरीले ती गाडी बरामद गरेको कार्यालयका सूचना अधिकारी मिलन के.सी.ले जननकारी दिए ।

बरामद गरिएका गाडीहरू आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौँ पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस