शिक्षाको कमीका कारण नेपाली श्रमिक समस्यामा : श्रम सचिव भण्डारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शिक्षाको कमीका कारण नेपाली श्रमिक समस्यामा : श्रम सचिव भण्डारी


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले शिक्षाको कमीका कारण नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या भोग्नुपरेको बताएका छन् ।

बिहीबार उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकको समस्याबारे जानकारी गराएका हुन् ।

“एबीसीडी नै नचिनेको कारण साउदी (अरब)मा कामदारले कुटाइ खाए । गोदाममा काम गर्ने नेपाली कामदार हुन्, उनीहरूले एबीसीडी लेखेको कार्टुन नचिनेका कारण कुटाइ खानुपर्‍यो,” बैठकमा सचिव भण्डारीले भने, “त्यसैले सामान्य अंग्रेजी सिक्न आवश्यक छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस