‘पदबाट अवकाश हुन्छ, समाजसेवा जीवन्त रहन्छ’-मुख्य सचिव अर्याल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘पदबाट अवकाश हुन्छ, समाजसेवा जीवन्त रहन्छ’-मुख्य सचिव अर्याल


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको योगदानमा पदको सदुपयोग गर्नुपर्ने बताएका छन् ।

बुधबार राजधानीमा आयोजित मुलुकको समुन्नतिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अर्याल वंशका सन्तति सम्मान कार्यक्रममा बोल्दै उनले जोसुकै पदबाट सेवा निवृत्त भएर गए पनि समाज र राष्ट्रमा गरेको योगदान जीवन्त रहने भएकाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रा पदहरू भनेको सामान्य हुन्, आउँछन् जान्छन् । केही समयपछि म आफै अवकाश हुन्छु । तर हामीले हाम्रो समाज हाम्रो राष्ट्र र वंशलाई आफ्नो आफ्नो क्षेत्रबाट के योगदान गर्न सक्छौँ त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।’

उनले कुनै पनि भौतिक संरचनाको निर्माणअघि तटबन्ध निर्माण आवश्यक हुने भन्दै अर्याल समाजको भवन निर्माणको लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले भने,‘पहिला हामीले तटबन्ध निर्माण नै गर्नुपर्छ । तटबन्ध निर्माण नगरी बनाएका संरचनाहरू भोलि धरापमा पर्न सक्ने अवस्था हुन्छ । अब हामीले सुरुमा जग बलियो बनाएर तटबन्धको काम सकाएर त्यसपछि भवन निर्माणको काम गर्न सकियो भने सहज हुन्छ । सरकारी तवरबाट कसरी हुन्छ यसको लागि पक्कै पनि पहल गर्नेछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस