राष्ट्र बैंकले आज पनि २० अर्ब निक्षेप खिच्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्र बैंकले आज पनि २० अर्ब निक्षेप खिच्दै


२६ पुस २०८०, बिहिबार


बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट आज पनि २० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दैछ । अधिक तरलताको व्यवस्थापन गर्न केन्द्रीय बैंकले २० अर्ब रुपैयाँको निक्षेप सङ्कलन उपकरण जारी गर्ने भएको हो ।

बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूको तरलता खिच्न निक्षेप संकलनमार्फत् २० अर्ब रुपैयाँ तान्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै आएको छ ।

केन्द्रीय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । माघ ४ गते यसको सावाँ र ब्याज भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस