बलात्कार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले गर्‍यो गिरफ्तार « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बलात्कार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले गर्‍यो गिरफ्तार


२६ पुस २०८०, बिहिबार


पक्राउ

काठमाडौँ । बलात्कार मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले गिरफ्तार गरेको छ । सप्तरीको राजविराज घर भएर स्यूचाटार बस्ने अनिरुद्ध यादवलाई गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यादव विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा बलात्कार मुद्दा दर्ता भएको थियो । यादव विरुद्ध मुद्दा दर्ता भएपछि उनी फरार थिए । प्रतिवादी विरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस