कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु भएको छ।

बुधबार साँझ ७ बजे मोहन्याल गाउँपालिका-७ को कुइने-चिसापानी सडक खण्डअन्तर्गत पितमारीमा भे१३प १०७४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।

उक्त मोटरसाइकलमा सवार अछामको पञ्चदेवल विनायक नगरपालिका-१ कुइकाका ३८ वर्षीय खगेन्द्र ढकाल र ३४ वर्षीया महेश्वरी तिमिल्सीना ढकालको मृत्यु भएको हो।

मोटरसाइकलसहित उनीहरूलाई सडकबाट करिब दुई सय मिटर तल कर्णाली नदीमा खसेको अवस्थामा प्रहरी उद्धार गरेको थियो । उनीहरू अछामबाट बर्दियाको भुरीगाउँ जाने क्रममा दुर्घटनामा परेको हो ।

नदीबाट उनीहरूको शव मोटर बोटको सहायताले निकालिएको थियो । मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस