शेख हसिनाले पाँचौं पटक प्रधानमन्त्रीको शपथ लिँदै  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शेख हसिनाले पाँचौं पटक प्रधानमन्त्रीको शपथ लिँदै 


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । बंगलादेशको आमनिर्वाचनमा अवामी लिग पार्टीको जितपछि शेख हसिनाले आज पाँचौं पटक प्रधानमन्त्रीको शपथ लिने भएकी छन् । 

हिजो ३६ सदस्यीय मन्त्रिपरिषद् घोषणा गरेको हसिना नेतृत्वको अवामी लिग सरकारको आज शपथको कार्यक्रम रहेको छ ।  

स्थानीय सञ्चारमाध्यमका अनुसार, हालका १४ मन्त्रीले नयाँ मन्त्रिपरिषद्मा स्थान पाएका छैनन् । जसमा परराष्ट्रमन्त्री एके अब्दुल मोमेन, परराष्ट्र राज्यमन्त्री शहरयार आलम, अर्थमन्त्री एएचएम मुस्तफा कमल, योजनामन्त्री अब्दुल मन्नान, कृषिमन्त्री अब्दुर रज्जाक र वाणिज्यमन्त्री टिपु मुन्शीजस्ता नाम सामेल छन् ।

बंगलादेशका क्याबिनेट सचिव महबूब हुसेनले बिहीबार नयाँ मन्त्रिपरिषद्को शपथ ग्रहण गर्ने, जसमा ३६ सदस्य रहने जानकारी दिए । जसमा २५ क्याबिनेट मन्त्री र ११ राज्यमन्त्री रहनेछन् । उनले यसपटक मन्त्रिपरिषद्मा दुईजना प्राविधिक मन्त्री रहने बताए ।

शेख हसिनाको नयाँ मन्त्रिपरिषद्मा १४ नयाँ अनुहारलाई क्याबिनेट मन्त्री र ७ जनालाई राज्यमन्त्री नियुक्त गरिएको छ ।  नयाँ अनुहारमध्ये बंगलादेशका प्रथम प्रधानमन्त्री ताजुद्दीन अहमदकी छोरी सिमिन हुसेन रिमी राज्यमन्त्रीको सूचीमा परेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस