चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा डा. खरेल निर्वाचित  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा डा. खरेल निर्वाचित 


२५ पुस २०८०, बुधबार


काठमाडौँ । नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा डा. कृष्ण खरेल निर्वाचित भएका छन् । खरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व तीन वर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा डा. सन्दीप सुवेदी, उपाध्यक्षमा डा. वर्षा थापा, महासचिवमा डा. प्रकाश बस्नेत, कोषाध्यक्षमा डा. रमेश भट्टराई, सहसचिवमा डा. मोहनलाल तिवारी र सहकोषाध्यक्षमा डा. अमित चतुर्वेदी सर्वसम्मत भए ।

सदस्यहरूमा डा. रमेश अर्याल, डा. सरोज थापा, डा. मनिष विश्वकर्मा, डा. राजेन्द्र बस्याल, डा. सदीक्षा चापागाईँ र डा. आकाश शाही चयन भएका संघले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस