नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द गरिने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द गरिने


२५ पुस २०८०, बुधबार


काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज ३ दिन बन्द हुने भएको छ । विद्युत् मर्मत सम्भार गर्नु पर्ने भएकाले तीन दिन बन्द गर्न लागिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बिहीबार (पुस २६) बेलुका ५ बजेदेखि शनिबार (पुस २८) ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने नेप्सेले जनाएको छ । विद्युतीय प्रणालीलाई अद्यावधिक गर्नुपरेकाले बन्द गर्न लागिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस