काठमाडौँ । आईएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बाबुराम शर्मा नियुक्त भएका छन् ।
भेन्चर हायर पर्चेजमा बिजनेश हेडको रूपमा साढे तीन वर्ष अगाडि प्रवेश गरेका शर्मालाई मङ्गलवार बसेको बोर्ड बैठकले कम्पनीको महाप्रबन्धकबाट सीईओमा बढुवा गर्ने निर्णय गरेको हो ।
डेढ दशकभन्दा बढी आइएमई ग्रुपमा काम गरेका शर्मा आईएमई फाइनान्सबाट ग्रुपमा प्रवेश गरेका थिए । पछि फाइनान्स बैंकसँग मर्ज भएपछि बैंक हुँदै ४ वर्ष आईएमई मोटर्स वीरगंजको प्रमुख समेत भएर काम गरिसकेका छन् ।