१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानाध्यापक साह चार वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर

अ+ अ-

काठमाडौँ । गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साह एकैदिन चार वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार उनलाई दुई फरक मुद्दामा एक वर्ष ६ महिना कैद निर्धारण गरेको छ भने तेस्रो मुद्दामा ६ महिना कैद फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारिबाबु श्रेष्ठको इजलासले विद्यालयका लागि निकासा भएको रकम हिनामिनाका चार फरक मुद्दामा उनलाई दोषी ठहर गरेको हो । तीन मुद्दामा उनलाई करिब १६ लाख रुपैयाँ बिगो र त्यति नै जरिवानाको फैसला भएको छ ।

चौथो मुद्दामा साढे २ वर्षदेखि ४ वर्षसम्म कैद हुनसक्ने भएकाले बिगो र कसुर निर्धारणका लागि आगामी ७ माघमा सुनुवाइको मिति तोकेको छ । तीन वर्षभन्दा बढी कैद हुनसक्ने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ । त्यही दिन चौथो मुद्दाको बिगो र जरिवाना निर्धारण पनि हुनेछ ।

प्रधानाध्यापक साहले जिल्ला शिक्षा कार्यालयबाट ट्रस भवन निर्माण बापतको रकम दुरुपयोग गरेका थिए । झुटा प्रतिवेदन र बिल बनाई रकम दुरुपयोग गरेको आरोप उनीमाथि थियो ।

विद्यालयमै ल्याब बनाउने र शैक्षिक सामग्री खरिदको रकम दुरुपयोग गरेको अर्को मुद्दा थियो । विद्यार्थीले पाएको छात्रवृत्ति, पोसाक, झोलाको रकम समेत फर्जी कागजातका आधारमा दुरुपयोग गरेकोमा पनि मुद्दा चलेको थियो ।

अनि छात्रा शौचालयको रकम समेत दुरुपयोग गरेको भन्दै थप मुद्दा परेका हुन् । उनले विद्यालय व्यवस्थापन समितिको समेत नक्कली निर्णय बनाएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस