रास्वपाले घटायो केन्द्रीय सदस्य र सांसदको लेवी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

रास्वपाले घटायो केन्द्रीय सदस्य र सांसदको लेवी


२४ पुस २०८०, मंगलबार


काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्य र सांसदले वार्षिक लेवी घटाएको छ । रास्वपाको आज मंगलबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको लेवी वार्षिक १ लाख रुपैयाँलाई घटाएर २५ हजार रुपैयाँ बनाउने निर्णय गरेको हो ।

एक नेताका अनुसार अब सांसदको लेवी पनि मासिक २५ हजार रुपैयाँबाट १५ हजार रुपैयाँमा झारिएको छ । सांसदहरूको नयाँ लेवी आगामी आर्थिक वर्षबाट र केन्द्रीय सदस्यको लेवी तत्कालै लागु हुने छ।

यसअघि पार्टीको सदस्यता शुल्क न्यूनतम १ हजार तोकिएको भए पनि आर्थिक समस्याकै कारण कसैले १ हजार तिर्न नसकेमा त्यो भन्दा कम रकम तिरेर पनि सदस्यता दिने निर्णय पनि बैठकले गरेको छ । इच्छा हुनेले सदस्यता शुल्क हजार भन्दा बढी पनि दिन सक्ने छन् ।

बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा भूमिनन्द बराललाई सचिव र सदस्यमा प्रा.डा. अत्यन्द्र दाहाल, राम गुरुङ र अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको छ । बैठकले पार्टीको ऊर्जा नीति कार्यदल र सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस