१६८ किलो गाँजासहित दुई पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

१६८ किलो गाँजासहित दुई पक्राउ


२४ पुस २०८०, मंगलबार


पक्राउ

काठमाडौँ । पर्साको जगनाथपुर गाउँपालिका ४ स्थित हरपुरबाट सशस्त्र प्रहरीले करिब १६८ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा धादिङको बेनीघाट बस्ने अन्दाजी २० वर्षीय समीर तामाङ र मकवानपुरको राक्सिराङका २२ वर्षीय राजु लामा रहेका छन्।

पर्साको वीरगञ्जबाट ठोरीतर्फ जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बोलेरो पिकअप गाडीमा फल्स वटम बनाई १६ वटा पोकामा लुकाईछिपाई लैजाँदै गरेको अवस्थामा उनीहरूलाई प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरले नियन्त्रणमा लिएको हो।

उनीहरू उक्त गाडीका चालक तथा सहचालक हुन्। उनीहरूको साथबाट ७८ हजार ५०० रुपैयाँ र दुई थान मोबाइल सेटसमेत बरामद भएको छ। नियन्त्रणमा लिएकाहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस